कोरियाले विदेशी श्रमिकको निशुल्क कोरोना परिक्षण गर्ने,नेपालीहरुलाई सहभागी हुन् दूतावासको अनुरोध

Posted on: 10 Mar, 2021

फागुन २६, काठमाडौँ । दक्षिण कोरियाले विदेशी नागरिकको निशुल्क कोरोना परिक्षण गर्ने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले गैरकानुनी रुपमा बसेकाहरुलाई समेत निःशुल्क कोरोना परीक्षण गर्ने भएको हो ।

कोरियामा रहेका नेपालीहरुलाई दूतावासले कोरोना परिक्षणमा सहभागी हुन् अनुरोध गरेको छ । दक्षिण कोरिया स्थित नेपाली दूतावासका अनुसार कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्था बारे नसोधी परिक्षण गरिने छ । 

कोरियामा पछिल्लो समय कोरोना सङ्क्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

May be an image of text

यस बिषयमा तपाइको प्रतिक्रिया...!