पुर्व स्वीकृती विनै अन्तर्वार्ता लिने र चर्को अशुली गर्ने दुई म्यानपावरमा विभागको छापा (भिडियो सहित)

Posted on: 14 Mar, 2021

चैत्र १, काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको पुर्व स्वीकृती बिनै अन्तर्वार्ता लिन तयारी गरेको एक म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको छ । 

विभागले समाखुसीमा रहेको अल अमल ओभरसिज प्रा लि मा आकस्मिक अनुगमन गरेर बहराइनको लागि अवैध अन्तर्वार्ता गर्नबाट रोक लगाएको छ । 

 म्यानपावर कार्यलयबाट अन्तर्वार्ताका लागि भरिएको ९ थान व्यक्तिगत विबरण सहितको आवेदन फर्म अनुसन्धानका लागि लिइएको विभागका अनुगमन अधिकृत चेतन खत्रीले साझा सबाललाई जानकारी दिए । आवेदन दिएका युवाहरुलाई सम्पर्क गर्दा म्यानपावर कम्पनीले चैत्र २ (भोलि) को लागि अन्तर्वार्ता छ भनेर काठमाडौँ बोलाएको बताएका खत्रीले बताए । थप अनुसन्धान गरि म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने उनले बताए ।

त्यस्तैगरि विभाग अनुगमन टोलिले साउदी जानको लागि चर्को शुल्क असुल गर्ने Target consultant human resource Pvt. Ltd छापा हानेको छ । साउदी जान लागेका युवासँग १ लाख ५० हजार रकम मागेपछि विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको आकस्मिक अनुगमन टोलीले म्यानपावरले २५ हजार रकम लिँदालिँदै सो रकम बरामद गरेको हो । सो पश्चात पीडित युवालाई तोकिएकै लागतमा साउदी पठाउने सहमति गराई  म्यानपावर कम्पनीलाई आवश्यक कारवाही गरिने विभागले जनाएको छ ।

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!