वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनेको संख्या बढ्यो

Posted on: 16 Mar, 2021

चैत ३, काठमाडौँ । पछिल्लो समय वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको फागुन २८ गते सम्मको साप्ताहिक प्रगति बिवरण अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको हो । 

मन्त्रालयको साप्ताहिक प्रगति विवरण अनुसार यो हप्ता पुनः श्रम स्वीकृति लिनेको संख्या २ हजार ९ सय ८८ जना रहेको छ । यो संख्या गत हप्ताको तुलनामा करिब दुई सय बढी हो । गत हप्ता २ हजार ७ सय ९९ जनाले पुनः श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै व्यक्तिगत र संस्थागत तर्फ २ हजार २ सय ६२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो हप्ता व्यक्तिगत र संस्थागत तर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या २ हजार ३ सय ८९ रहेको थियो । यो हप्ता १ सय ९७ बैधानिककरण गरिएको छ ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि ४७ हजार ९ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत र संस्थागत तर्फ २६ हजार ८ सय ३५ जनाले नयाँ श्रम स्वीकृति लिएको मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!