भिजिट भिसामा युएई पठाउने अखडामा छापा, दुई महिनाको अशुली २ करोड ! (भिडियो सहित)

Posted on: 17 Mar, 2021

अनिल अधिकारी | चैत ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले धुम्बराहीस्थित म्यानपावरको नाममा अवैध रुपमा संचालित एक्टिभ इम्प्लोइ सर्भिस प्रालिमा छापा मारेको छ । पीडितहरुले दिएको उजुरीका आधारमा वैदेशिक रोजगार बिभागका अनुगमन अधिकारीहरु हरि कृष्ण बुढाथोकी, हेमराज पाण्डे, कपिलनाथ पौडल, नरेश रोकाय, सुवर्ण शाक्यलगायतको विभागको अनुगमन टोलीले बुधबार छापा मारेको हो ।


विभागले पिडितहरु सहित छापा मार्ने क्रममा उक्त अवैध कम्पनी विदेशमा र नेपालमा गरी कयौं युवाहरुलाई ठगेको पाइएको छ । बिभागले छापा हान्ने क्रममा अवैध अशुली गर्ने कम्पनीका संचालक भने फरार थिए । विभागको टोलीले फोन गरी बोलाउँदा समेत संचालक उपस्थित भएनन् ।

अवैध एक्टिभ इम्प्लोई सर्भिस प्रा.लि, कम्पनी रजिस्टार कार्यालयमा समेत दर्ता नभएको कम्पनी हो । उक्त कम्पनीले पाँच लाखसम्मको कागजात सहितको सम्झौतापत्र बनाई वैदेशिक रोजगारीको लागि भन्दै धेरै युवाहरुलाई ठगेको अनुगमनकै क्रममा प्रसस्तै कागजातहरु भेटिएको छ । उक्त कम्पनीको लेटरहेड हेर्ने हो भने उक्त कम्पनीको ठेगाना अनामनगर छ, तर सोहि लेटर हेडमा तिनकुने ठेगाना लेखिएको छ तर कार्यालय भने धुम्बराहीमा संचालित छ । कम्पनीमा हरेक महिना नयाँ/नयाँ कर्मचारी खटाएर ठुलो आर्थिक ठगि अशुली गरिएको भेटिएको छ ।


अनुगमन पछि वैदेशिक रोजगार बिभागले उक्त अवैध कम्पनीबाट एक थान सिपियू, रकम बुझेको रसिद ठेली दुई थान, किचनमा अन्डाको किरेटले छोपेर राखिएको अवस्थामा सक्कल राहदानी(पासपोर्ट)हरु नौ थान, डे–बुक तीन थान र रजिष्टार एक थान गरी चार थान, टेलिफोन नम्बर लेखेको डायरी एक थान र क्लु कपी दुई थान, रसिदहरु रहेको फायल एक थान, फारमहरु रहेको फायल एक थान, कागजात रहेको क्लियर ब्याग दुई थान र दरखास्त फाराम रहेको क्लियर ब्याग एक थान बरामद गरेको छ । विभागले उक्त अवैध कार्यालयमा सिल समेत गरेको छ ।


भिडियो हेर्नुहोस्: 

यस बिषयमा तपाइको प्रतिक्रिया...!