कुवेत स्थित दूतावासका कर्मचारीलाई कोरोना पुष्टि,सेवाहरु स्थगित

Posted on: 18 Mar, 2021

चैत ५, काठमाडौँ । कुवेत स्थित नेपाली राजदूतावासका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको छ । दूतावासले बिहिबार सूचना जारी गर्दै आजबाट भौतिक उपस्थितिमा दिईने सेवाहरु स्थगित गरिएको जानकारी दिएको हो। 

अर्को सूचना जारी नभए सम्मका लागि सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालार्इ ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी आदि)स्थगित गरिएको दूतावासले जनाएको छ ।  

सो अवधिमा सेवाग्राहीहरूलार्इ अत्यावश्यक सेवा सम्बन्धी  महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर, टेलिफोन नम्बर तथा इमेल मार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । दूतावासको हटलाइन नम्बरः 98869121,टेलिफोन नम्बरः 25321603, 25321604, 25321605 इमेलः [email protected] फेसबुकः Embassy of Nepal, State of Kuwait मा सम्पर्क गर्न सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!