५ दिनमा मात्रै वैदेशिक रोजगारी सम्बन्धि १९१ गुनासो

Posted on: 19 Mar, 2021

चैत ६, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु झेल्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रमिकले श्रम कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पनि बढेको छ ।

पछिल्लो चैत महिना अर्थात ५ दिनमा मात्रै १ सय ९१ जनाले आफ्नो गुनासो राखेका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ७ जनाले सोधपुछ गरेका छन् भने,वैदेशिक रोजगार विभागमा सामन्य सोधपुछ ४ जना वैदेशिक रोजगार सम्बन्धि सोधपुछ २ जना घर फर्कन चाहेर पनि नपाएको,१ जना पासपोर्ट हराएको, १ जना गरी जम्मा ८ जनाले आफ्नो गुनासो राखेका छन् । यस्तै व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा सिप सम्बन्धि सोधपुछका लागि १ जनाले गुनासो गरेकाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम कल सेन्टरले जनाएको छ  । 

वैदेशिक रोजगार बोर्डमा सामन्य सोधपुछ ३ जना र सिप सम्बन्धि सोधपुछ ६ जना, मृतक कामदारको परिवार सदस्यलाई आर्थिक सहायताको लागि ८ जना, अंगभंग /बिरामी भएको कामदारहरुको उद्दारको लागि १ जना, बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता ३ जना र विदेशबाट शव झिकाउनको लागि २ जना गरी २३ जनाले गुनासो राखेका छन् ।

सेन्टरका अनुसार बैदेशिक रोजगार कार्यालयमा बैदेशिक रोजगार सम्बन्धि सोधपुछको लागि १५ जनाले गुनासो गरेका छन् । ई. पी. एस. कोरिया शाखामा रोजगारीको लागि २ जना र श्रम कल सेन्टरमा सामन्य सोधपुछको लागि २ जनाले गुनासो गरेका छन् । 

पछिल्लो बिहिबार सम्म मात्रै वैदेशिक रोजगार सम्बन्धि विभिन्न निकायहरुमा १ सय ९१ गुनासो आएको श्रम कल सेन्टरले  जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!