यी हुन् फागुन महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने टप २० म्यानपावर कम्पनी

Posted on: 19 Mar, 2021

चैत ६, काठमाडौँ । गत फागुन महिनामा १९ हजार ८ सय ८ श्रमिक रोजगारीको लागि विदेशिएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै गएपछि बैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । 

सो महिनामा म्यानपावर कम्पनी मार्फत ७ हजार ९ सय १३ श्रमिक विदेशिएका छन् । फागुन महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा अलसमिट म्यानपावर कम्पनी रहेको छ। उक्त म्यानपावरले ६४८ जनालाई विदेश पठाएको छ । 

त्यस्तै दोश्रो नम्बरमा एडभान्स म्यानेजमेन्ट ग्रुप रहेको छ । उक्त म्यानपावर कम्पनीले पुस महिनामा ४ सय ६८ श्रमिक विदेश पठाएको छ । तेस्रो नम्बरमा स्काई स्टार रिकुम्यनटले ४ सय ६५, द रिभर ओभरसीस ले ३ सय ३६ श्रमिक विदेश पठाएको छ । 

यी हुन् पुस महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर टप २०  म्यानपावर कम्पनी हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!