चैत महिनामा वैदेशिक रोजगार सम्बन्धि म्यानपावर र व्यक्तिबाट ठगीका गुनासो

Posted on: 13 Apr, 2021

चैत ३१, काठमाडौँ । पछिल्लो चैत महिनामा वैदेशिक रोजगारी सम्बन्धि गुनासोकर्ता बढेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप प्रयोगमा आएसंगै पछिल्लो केहि समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेका कारण गुनासो कर्ता बढेका हुन् ।

गत वर्षको चैत महिना देखि लकडाउन भएपछि प्राय ठप्प बनेको वैदेशिक रोजगारी केहि तंग्रिन थाले पनि फेरि कोरोनाको दोश्रो कहर सुरु भएको छ । जसको कारण खाडी लगायतका मुलुकमा विभिन्न स्वास्थ्य सतर्कता तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिन थालिएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम कल सेन्टर तथा मन्त्रालयका विभिन्न निकायहरुमा गुनासो कर्ताको संख्या बढेको हो । चैत महिनाको अन्त्य सम्म म्यानपावोरबाट ठगि भएको ४ गुनासो रहेका छन् भने व्यक्तिबाट ठगीका ६ गुनासो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दर्ता भएका छन् । वैदेशिक रोजगार सम्बन्धि सोधपुछ २ सय ६ जनाले सोधपुछ गरेका छन् । 

यस्तै घर फर्कन चाहेको तर नपाएको ५ जनाले गुनासो गरेका गरेका छन् । वैदेशिक रोजगारीमा गएर भनिएको जस्तो सेवा सुबिधा नपाएको गुनासो २ जनाले दर्ता गराएका छन् । एक-एक जनाले तलब नपाएको र पासपोर्ट हराएको सम्बन्धमा आफ्नो गुनासो राखेको श्रम कल सेन्टरले जनाएको छ । 

सेन्टरका अनुसार कन्सलटेन्सीबाट ठगि ३ गुनासो दर्ता भएका छन् । ७ सय २० जनाले अन्य सोधपुछ गरेका छन् । बिदेशमा अलपत्र परेको कामदारको उद्धार सम्बन्धि एउटा गुनासो आएको छ । सोहि महिना नेपालको श्रम सम्बन्धि जानकारी ३ जनाले दिएका छन् भने सिप सम्बन्धि १८ जनाले जानकारी लिएका छन् । 

मृतक कामदारको परिवार सदस्यलाई आर्थिक सहायता सम्बन्धि ७४ गुनासो श्रम मन्त्रलायका विभिन्न निकायहरुमा दर्ता भएका छन् । यस्तै तालिम निरीक्षण सम्बन्धमा २९,बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता सम्बन्धि १८,छात्रावृत्ति सम्बन्धि १,अंगभंग /बिरामी भएको कामदारहरुको उद्दारमा १ ,विदेशबाट शव झिकाउने ७,व्यक्ति सम्पर्कमा नरहेको २,सौलिहत ऋण सम्बन्धि सोधपुछ १, प्रधानमन्त्री रोजगार सम्बन्धि सोधपुछ १ र बहिर्गमन कल सम्बन्धि ६ जनाले गुनासो राखे । फागुन महिनामा वैदेशिक रोजगारी सम्बन्धि विभिन्न ४५ गुनासो मात्रै दर्ता भएका थिए ।  

चालु आर्थिक वर्षको चैत अन्तिम सम्ममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा १ हजार २ सय १३,वैदेशिक रोजगार विभागमा ३ हजार २ सय ५९,श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा १ सय ५३,

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा ५७,वैदेशिक रोजगार बोर्डमा १२ सय २१ र सामाजिक सुरक्षा कोषमा २१ गुनासो दर्ता भएको श्रम कल सेन्टरले जनाएको छ  । वैदेशिक रोजगार सम्बन्धि आफ्नो कुनै जिज्ञासा, गुनासो भए श्रम कल सेन्टरमा दर्ता गराउन सकिन्छ । श्रम कल सेन्टरमा  अनलाइन,फेसबुक,भाइबर,इमो,फोन मार्फत श्रमिकले आफ्नो गुनासो राख्न सक्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!