मलेसियामा विदेशी श्रमिकको तलब सुरक्षा गर्न यस्तो व्यवस्था लागु हुँदै

Posted on: 13 Apr, 2021

चैत ३१, काठमाडौँ । मलेसिया सरकाले श्रमिकको तलब सुरक्षाका लागि नयाँ प्रणाली लागु गर्ने भएको छ । सरकारले रोजगारदाताबाट प्राप्त गर्ने तलबमा हुने ठगि रोक्न ई-वेज पद्दती लागु गर्ने भएको हो । उक्त प्रणालीले स्वदेशी तथा विदेशी श्रमिक लाभान्वित हुने मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

रोजगारदाताले प्रतिवद्दता जनाएको तलव तथा सुविधा श्रमिकले पाउने सुनिश्चित गर्न निकट भविष्यमा यस्तो व्यवस्था लागुगर्न लागेको मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले बताएका हुन् । स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार उक्त विषयमा मन्त्री शरभनानले हालै गृह मन्त्रीसँग छलफल गरेका छन् ।

यो नयाँ पद्दतीले रोजगारदाताले आफ्ना श्रमिकलाई तलव तथा सुविधा उपलव्ध गराए नगराएको बारेमा जाँच गर्न सकिने र ज्याला सुरक्षाको काम हुने जनाइएको छ । मन्त्री शरभनानले क्वालालम्पुरमा आयोजित एक पत्रकार सम्मेलनमा यो पद्दती लागु भएपछि हरेक महिना ७ तारिखभित्र कुन कुन रोजगारदाताले आफ्ना श्रमिकलाई उपलव्ध गराउनु पर्ने तलव, सुविधा उपलव्ध गराए भन्ने जानकारी प्राप्त हुने जसका कारण समयमै तलव उपलव्ध नगराउनेलाई नियन्त्रण गर्न सकिने बताए । 

कतिपय रोजगारदाताले नै आफूसँग काम गर्ने विदेशी श्रमिकलाई पक्राउ गराउन प्रहरीमा उजुरी गर्ने र आफूले ति श्रमिकलाई तिर्नुपर्ने तलव वापतको बक्यौता रकम नदिने गरेको उनले बताए । यस्तो प्रणालीले  रोजगारदाताले श्रमिकलाई कहिले सम्मको तलब दिए/नदिएको बारे जानकारी पाउन सकिने र बदमासी गर्नबाट रोकिने मन्त्री शरभनानले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!