कतारमा कडाई : नेपालबाट कतार जानेहरु १० दिनसम्म होटलमा क्वारेण्टीनमा बस्नुपर्ने

Posted on: 27 Apr, 2021

वैशाख  १४, काठमाडौँ । कतारले कोभिड-१९ को संक्रमण फैलिन नदिन सो मुलुकमा आउने नेपाल सहित ६ वटा मुलुकका नागरिकलाई अनिवार्य रुपमा होटलमा क्वारेण्टीन बस्नुपर्ने व्यवस्था गरेको छ । भारतमा फैलिएको कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको द पेनुन्सुला कतारले जनाएको छ ।

नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सबाट कतार जानेहरुले अनिवार्य रुपमा होटलमा क्वारेण्टीनमा बस्नुपर्ने छ । यी मुलुकहरुबाट जाने वा यी मुलुकलाई ट्राञ्जिट बनाएर जानेहरुका लागि यस्तो शर्त राखिएको हो ।

यसैगरी ति मुलुकबाट कतार जानेहरुले अनिवार्य रुपमा ४८ घण्टाभित्र पिसिआर परीक्षण गराएको र नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ । यसरी आउनेहरुले अनिवार्य रुपमा १० दिन तोकिएका होटलमा क्वारेण्टीनमा बस्नुपर्नेछ । घरमै क्वारेण्टीन बस्ने सुविधा यी ६ वटा मुलुकहरुबाट आउनेलाई नदिइने कतारको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!