वैदेशिक रोजगारी: चैत्र महिनामा ७३ देशका लागि ३२ हजारले लिए श्रम स्वीकृति (देशगत विवरण)

Posted on: 30 Apr, 2021

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् ।

फागुन महिनामा जम्मा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका थिए । फागुन महिनाको तुलनामा चैत्र महिनामा श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा पुन: संकुचन आउन देखिएको छ । 

सरकारले अन्तरास्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला नै राखेको छ तर अत्यावश्यक बाहेक सार्वजनिक र निजि सवारी साधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीका प्रक्रिया ठप्पप्राय: भएको छ । 

फागुनमा सबैभन्दा बढी साउदीको लागि १० हजार ३ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ९  हजार ७ सय ४३, युएईका लागि ७ हजार २०१, बहराइनका लागि १२ सय १ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै ओमानका लागि ९ सय ४४, रोमानियाका लागि ५०९, जापानका लागि ३ सय ४१ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ । 

हेर्नुहोस् देशगत विवरण 



यस बिषयमा तपाइको प्रतिक्रिया...!