यी हुन्, चैत्र महिनामा सबैभन्दा धेरै श्रमिक विदेश पठाउने सय म्यानपावर कम्पनी (विवरणसहित)

Posted on: 30 Apr, 2021

वैशाख १७, काठमाडौँ । वैदेशिक रोजगारीका लागि चैत्र महिनामा ७३ देशका लागि ३२ हजार १४२ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत्र महिनाको मासिक प्रगति विवरण प्रगति विवरण अनुसार ३० हजार ३५ पुरुष र २ हजार १ सय ७ महिलाले श्रम स्वीकृति लिएका हुन् ।

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये ४ सय ७ म्यानपावर कम्पनी मार्फत चैत्र महिनामा १३ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । गत महिनामा सबैभन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर कम्पनीमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लि रहेको छ । उक्त म्यानपावरले ४ सय ७५ जनालाई विदेश पठाएको छ । माघ महिनामा सबैभन्दा धेरै ६४८ जनालाई विदेश पठाएर अलसमिट म्यानपावर कम्पनी एक नम्बरमा परेको थियो ।

चैत्र महिनामा  दोश्रो नम्बरमा परेको शान नेपाल प्रा. लिले ४ सय ५२ जना, तेश्रोमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा .लिले ३ सय १३ जनालाई विदेश पठाएको छ । चौंथो स्थानमा रहको अस्फोर्ड इन्टर्नेशनल प्रा. लिले ३ सय ८, पाँचौं स्थानमा परेको एसओएस म्यानपावर सर्भिस प्रा.लिले ३ सय ६ जना, सातौंमा रहेको द रिभर ओभरसिज प्रा. लिले २ सय ८३ जनालाई विदेश पठाएको छ । त्यस्तैगरी संख्याका आधारमा आठौँ स्थानमा परेको प्याराडाइज इन्टरनेशल प्रा. लि ले २ सय ६८ जना, नबौं मा परेको अल साहिद प्रा .लि ले २ सय ४३ जना र दशौँ स्थानमा परेको ड्रेस्ट्रिनी ह्युमन रिसोर्स नेपाल प्रा .लिले १ सय ८५ जनलाई विदेश पठाएको छ ।

हेर्नुहोस् सबैभन्दा धेरै विदेश पठाउने सय म्यानपावर कम्पनी 


फागुनमा भन्दा चैत्रमा विदेशिने बढे 

फागुन महिनामा जम्मा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका थिए । फागुन महिनाको तुलनामा चैत्र महिनामा श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा पुन: संकुचन आउन देखिएको छ । 

सरकारले अन्तरास्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला नै राखेको छ तर अत्यावश्यक बाहेक सार्वजनिक र निजि सवारी साधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीका प्रक्रिया ठप्पप्राय: भएको छ । 

फागुनमा सबैभन्दा बढी साउदीको लागि १० हजार ३ सय ७६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारका लागि ९  हजार ७ सय ४३, युएईका लागि ७ हजार २०१, बहराइनका लागि १२ सय १ जनाले श्रम स्वीकृति लिएका छन् ।  यस्तै ओमानका लागि ९ सय ४४, रोमानियाका लागि ५०९, जापानका लागि ३ सय ४१ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!