कतारमा १४ नेपालीले पाए आममाफी

Posted on: 06 May, 2021

वैशाख  २३, काठमाडौँ । कतार सरकारले कतार स्थित केन्द्रीय कारागार तथा अन्य कारागारमा रहेका १४ जना नेपालीलाई रमादानको अवशरमा आममाफी दिएको छ । दोहा स्थित नेपाली दूतावासका अनुसार यस अगाडी कोभिड १९ को संकटलाई समेत मध्यनजर गर्दै दूतावासले कैदी वन्दी रिहाईको लागि आग्रह गरेको थियो ।

आममाफी पाएकाहरुलाई स्वदेश फिर्तिका लागि आवश्यक कागजात तयार पार्ने लगायतका काममा दूतावासले सहजिकरण गर्ने नेपाली दूतावासले विज्ञप्ती मार्फत जनाएको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!