कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

Posted on: 13 May, 2021

वैशाख ३०, काठमाडौं । कोरोना संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन गएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको आज अपराह्न निधन भएको हो ।

 नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!