वैदेशिक रोजगार ब्यवसायी खड्काको कोरोना संक्रमणबाट निधन

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । वैदेशिक रोजगार ब्यवसायी नबराज खडकाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ। ललितपुर जावलाखेल स्थित अरोमा ईन्टरनेशनल प्रा.लि.का सञ्चालक खड्काको कोरोना संक्रमणबाट आइतबार राति साढे ११ बजे निधन भएको हो । 

८ दिन अघि उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएकोमा खड्कालाई निमोनिया भएपछि उनको अवस्था गंभीर बनेको आफन्तको भनाइ छ। झापाको अर्जुनधारा निवासी खड्का अविवाहित थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!