मलेसियामा कोरोनाबाट एक नेपालीको मृत्यु

Posted on: 23 Aug, 2021

भदौ ७, काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि  सङ्क्रमति भएका बताइएको छ । 

 उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी –८ तोपाका कौशलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!