कतार प्रहरीका लागि २ सय जनाको डिमाण्ड आयो, लागत निशुल्क

Posted on: 30 Aug, 2021

भदौ १४, काठमाडौँ । कतार प्रहरीका मागपत्र प्रमाणीकरण शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले मागपत्र प्रमाणीकरण शुरु गरेको हो ।

राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको २ सय जनाको  मागपत्र  दुतावासले प्रमाणीकरण गरेको छ । उक्त फाइल आइतबार नै अनलाइन मार्फत ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा प्राप्त भएपछि ताहचाल कार्यालयले विज्ञापन प्रकाशन गर्न पुर्व स्वीकृति दिएको छ ।

वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर प्रकाशित विभापन अनुसार कतारको  Ministry of Interior Human Resources Department का लागि २ सय जना प्रहरीको माग आएको छ । उचाई ५ फिट ७ इन्च, उमेर २२ वर्ष पुरा भई ३३ वर्ष ननाघेको, अंग्रेजी बोल्न लेख्न र पढ्न सक्ने र सम्बन्धित काममा २ वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । लट नम्बर २४४६९१ रहेको उक्त डिमाण्डमा आवेदन दिनका लागि इच्छुक व्यक्तिहरुले आफ्नो सक्कल राहदानीसहित सम्बन्धित म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्नेछ । फाइनल अन्तर्वार्ता भदौ २१ गते म्यानपावर कार्यालयमा हुने जनाइएको छ । 

स्वदेशमा गरिने प्रि मेडिकल खर्च, स्वदेशमा गरिने बिमा बापतको खर्च र अभिमुखीकरण तालिम बापतको खर्च कामदार स्वयमले व्यहोर्नुपर्नेछ भने त्यस बाहेकका कुनै पनि शुल्क नलाग्ने म्यानपावर कम्पनीले जनाएको छ । भिसा शुल्क, टिकट शुल्क र सेवा शुल्क नलाग्ने भएकोले निशुल्क कतार जान सकिने जनाइएको छ । 

४ हजार २ सय कतारी रियाल तलव पाउने गरी आएको उक्त डिमाण्ड नेपालीहरुका लागि आकर्षक रोजगारीको अवसरका रुपमा लिइएको छ । गत वर्ष डिमाण्ड पुर्व स्वीकृति बिना नै कतार  पुलिसको अन्तर्वार्ता गरेको भन्दै वैदेशिक रोजगार विभागले विभिन्न म्यानपावर कम्पनीमा छापा मारेर अन्तर्वार्ता रोकेको थियो ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

डिमाण्ड हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 
https://sajhajobs.com/jobs/10001


यस बिषयमा तपाइको प्रतिक्रिया...!