कुवेतले भिजिट भिसा खुला गर्ने

Posted on: 06 Sep, 2021

भदौ २१, काठमाडौँ ।  कुवेतले केही समयपछि भिजिट भिसा खुला गर्ने भएको छ । कुवेतले करिब आधा वर्षको अन्तरालमा भिजिट भिसा खुला गर्न लागेको हो । 

कुवेतको  आन्तरिक मन्त्रालयका अनुसार कुवेतले पारिवारिक, व्यापारिक र यात्रा प्रयोजनका लागि भिजिट भिसा जारी गर्दै आएको छ । अरब टाइम्सका अनुसार आगामी अक्टोबर शुरुदेखि नै भिजिट भिसा खुला हुने छ ।

कुवेतले आफ्नो मुलुकमा कोराना भाइरस संक्रमण दर घटेको र खोप पनि पर्याप्त भएको भन्दै भिजिट भिसा खुला गर्न लागिएको उक्त पत्रिकाले उल्लेख गरेको छ । कुवेतमा निर्माण सल्लाहकार, ईन्जिनियर, प्राविधिक र शिक्षकहरुको माग अत्यधिक बढेको छ । 

यसैबीच कुवेतमा एक लाख पचास हजार बढी अवैध आप्रवासी रहेको पाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!