सेप्टेम्बर महिनाको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका सहित)

Posted on: 09 Sep, 2021

भदौ २४, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिना भरको लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले प्रत्यक दिन दुई उडान गर्न अनुमति पाएको छ । त्यस्तै एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको छ । त्यस्तै फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ ।

प्राधिकरणको तालिका अनुसार काठमाडौंदेखि भारतको राजधानी नयाँ दिल्लीको लागि सातामा १० उडान हुनेछ । जसमा नेपाल एयरलाइन्सले दैनिक एक/एक उडान गर्नेछ भने भारतीय ध्वजाबाहक एयर इण्डियाले साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले सोमबार बाहेक अन्य दिन मलेसियाको क्वालालाम्पुर विमानस्थलमा ६ उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ । त्यस्तै नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्न अनुमति पाएको छ ।

कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । त्यस्तै कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ ।

त्यस्तै जजिरा एयरवेजले कुवेतबाट हरेक दिन एक उडान काठमाडौंको लागे भर्नेछ । 

कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ । 

त्यस्तै जापानको नारितामा नेपाल एयरलाइन्सको जहाज हरेक बिहीबार जाने छ । 

हङकङ विमानस्थलमा हरेक मंगलबार नेपाल एयरलाइन्सको उडान हुने छ ।

त्यस्तै सलाम एयरको जहाज मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं आउने छ । 

यस्तै टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । 

सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ । 

तल उडान तालिका हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!