अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज स्वदेश ल्याइदै

Posted on: 18 Sep, 2021

असोज २, काठमाडौँ | अफगानिस्तानमा अलपत्र परेका थप ३४ जना नेपालीलाई आज शनिबार उद्धार गरि स्वदेश ल्याइदैछ । उद्दार गरि स्वदेश ल्याउन लागिएकाहरु गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाहरु छन् । 

अफगानिस्तानमा फसेकाहरुलाई फिर्ता ल्याउन नयाँदिल्लीस्थित नेपाली दूतावासले सहयोग गरिरहेको छ । उनिहरुलाई आज बिहान १० बजे काबुलबाट उद्दार गरिदैछ । उनीहरु सहित चार्टर विमानमा संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने बताइएको छ । 

अफगानिस्तानमा तालिवानको कब्जा भए यता हालसम्म ९ सय ४० जना नेपालीको उद्धार भइसकेको छ । यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली सम्पर्कमा छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!