भिजिट भिसामा दुबई हुँदै अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीमा पक्राउ

Posted on: 19 Sep, 2021

असोज ३, काठमाडौँ | अवैध रुपमा अमेरिका छिर्न खोज्ने दर्जनौं नेपालीहरु जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । उनीहरु दलाल मार्फत लाखौँ तिरेर दुबई-मस्को र मेक्सिको हुँदै अमेरिका छिर्न खोज्दै गर्दा पक्राउ परेका हुन् । 

पक्राउ परेकाहरु केहि दिन अघिदेखि त्यहाँको सुरक्षाकर्मीको सुरक्षा घेरामा रहेका छन् । पक्राउ परेका नेपालीहरुलाई एक जना दलालले प्रतिव्यक्ति ३८ लाख लिएर दुई साता अघिमात्र नेपालबाट लगेको बताइएको छ । 

उनीहरुलाई भिजिट भिसामा दुबई पुर्याएर एक साता होटलमा राखिएको र त्यसपछि मस्को पुर्याइएको थियो । पक्राउ परेकाहरुमध्ये केहिको साथबाट नक्कली भिसा भएको बिमानस्थलमा चेकजाँचको क्रममा आशंका लागेपछि त्यहाँको सुरक्षा निकायले सबैलाई नियन्त्रणमा लिएको बुझिएको छ ।


मस्कोदेखि मेक्सिको उड्ने क्रममा रहेका डेढदर्जन नेपालीलाई नियन्त्रणमा लिएपछि सोहि बिमानस्थलको अर्को टर्मिनलबाट मेक्सिको उड्न लागेका ठूलो संख्यामा रहेका नेपालीहरुलाई पनि नियन्त्रण लिईएको बताइएको छ । पक्राउ परेका नेपालीहरुको एकिन संख्या कति छ भनिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!