साउदीबाट विदामा आएकाहरु समयमै नफर्के तीन वर्षे प्रतिवन्ध लाग्ने

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौँ । साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट पारेको छ । 

साउदी अरबको विदेशी नागरिकको आवागमन सम्वन्धि विषय हेर्ने सरकारी निकायले विदामा गएकाहरुको अवस्थालाई पूर्ण रुपमा फर्किएकाहरुको मान्यता नदिईने स्पष्ट पारेको हो ।

साउदी गजेटका अनुसार त्यसरी साउदी अरबबाट बाहिरिएकाहरु भिसाको अवधि बाँकी हुँदै नफर्केमा तीन बर्षको बन्देज लाग्नेछ । तर रोजगारदाताले नयाँ भिसा उपलव्ध गराएमा भनें त्यस्ता विदेशीलाई बन्देज लाग्ने छैन । घरेलु श्रमिकका रुपमा काम गर्न गएकाहरु ६ महिना भित्रमा साउदी अरब नफर्केमा उनीहरुको आवासिय अनुमति तथा भिसा स्वत: खारेज हुने पनि समाचारमा जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!