रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

Posted on: 26 Sep, 2021

असोज १०, काठमाडौँ । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले आइतबार बसेको बैठकमा जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएकी हुन् ।  सीआई र भिसा पाएका १३ हजार विद्यार्थीहरूले पैसा बुझाएर पनि जापान जान पाएका छैनन् । कोभिड–१९ सङ्क्रमण बढी रहँदा जापान सरकारले सन् २०२० अप्रिलमा विद्यार्थीलाई प्रवेश गर्न रोकेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!