भाषा परीक्षामा उत्तीर्णहरूको नाम इजरायली दूतावासमा पुग्यो

Posted on: 28 Sep, 2021

असोज १२,  काठमाडौं । बैदेशिक रोजगारमा इजरायलका लागि भाषा परीक्षामा उत्तीर्णहरूको नाम नेपालस्थित  इजरायली दूतावासमा  पुगेको छ  ।  वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रोजगारीमा जान लिएको भाषा परीक्षा उत्तीर्ण १ हजार ६ सय परीक्षर्थीको नामावली नेपालस्थित इजरायली दूतावासलाई बुझाएको हो  । भाषा परीक्षामा उत्तीर्ण २ हजार ३९ जनामध्ये अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी तौल तथा तोकिएको उचाइ पुगेका १ हजार ६ सय जना सिफारिस भएका हुन् ।

त्यसमध्ये कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना छनोट गरिने छ । शुरूमा एक वर्षको करार अवधिका लागि जाने नेपाली कामदार ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्ने व्यवस्था छ । इजरायल जानका लागि १ लाख ६५ हजार ७०० लाग्ने प्रारम्भिक अनुमान छ । जहाज भाडा बढेमा लागत बढ्न सक्ने छ । नेपाली कामदारको मासिक करिब १ लाख ९० हजार रुपैयाँ पारिश्रमिक हुने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!