वैदेशिक रोजगार व्यवसायी संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Posted on: 29 Sep, 2021

 असोज १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।  संघले अमेरिकन कम्पनी मकानाबाट सहयोग स्वरूप प्राप्त करिब ६० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागिअत्याधुनिक मास्क संघका स्वर्गीय अध्यक्ष विष्णु प्रसाद गैरेकी धर्मपत्नी लक्ष्मी गैरेले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् ।   

संघले स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको ५ सय थान मास्कको मुल्य करिब ६० लाख बराबर रहेको महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए । संघले मंगलबार नै प्रहरी अस्पताललाई सय थान र  शिक्षण अस्पताल तथा मनमोहन मेमोरियल टिचिङ अस्पतालमा करिब दुई सय थान मास्क वितरण गरिएको महासचिव श्रेष्ठले बताए । गैरसरकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अत्याधुनिक मास्क वितरण गरिएको उनले बताए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै राज्यमन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई खोप र क्युआर कोडसहित कार्ड उपलब्ध गराउने काम मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिए ।

यसअघि छाउनीस्थित आर्मी अस्पताल र नेपाल प्रहरी अस्पतालबाट दिइँदै आएको क्युआर कोड अब आयुर्वेद अस्पताल नरदेवी र हामियोप्थी अस्पताल पुल्चोकबाट पनि दिने निर्णय भएको राज्यमन्त्री श्रेष्ठले बताए । धुलिखेल अस्पताल, ग्राण्डी अस्पताल जनमैत्री अस्पताल र स्टार अस्पतालमा पनि केही दिनमा सेवा लैजाने पहल भएको राज्यमन्त्री श्रेष्ठको भनाइ छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!