इजरायल जान अन्तरवार्तामा छुटेकाको पुनः परीक्षा अन्योलमा, कहिले हुन्छ ?

Posted on: 30 Sep, 2021

असोज १४,  काठमाडौँ । इजरायल जान अन्तरवार्तामा छुटेकाको पुनः परीक्षा अन्योलमा रहेको छ  ।  इजरायल जान अन्तरवार्तामा छुटेकालाई पुनः परीक्षा हुने तयारी रहेको विभागले जनाएको छ  । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तरवार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाएका छन् । वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले उक्त जानकारी गराएका छन् हुन् ।

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए । विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बिचमा छुटेका व्यक्तिलाई अन्तरवार्ता अवधिभरलाई अवसर दिइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!