बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने

Posted on: 02 Oct, 2021

असोज १६ , काठमाडौँ । बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने भएको छ  ।  वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको हो  । शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्रणालीको शुक्रबार र भौतिक उपस्थितिका लागि बिहान नौ बजे र सवा दश बजे दुई पटक सीमित संख्यामा टोकन जारी गर्ने भन्दै चनाखो भएर कम्प्युटरमा अनलाइन प्रणालीका आधारमा टोकन लिन भनेको छ ।

टोकन सीमित हुनेभएकाले आफ्नोे सिट सुरक्षित गरी भौतिकरूपमा उपस्थित हुने सेवाग्राहीहरूले फारममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ ।

अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको ४ दिनसम्म लाग्ने भन्दै धैर्य गरेर प्रतीक्षा गर्न पनि आग्रह गरेको छ । भौतिक उपस्थितिमा श्रम स्वीकृति नवीकरण गर्ने टोकनको सोही दिन र त्यसको भोलिपल्ट मात्र रही कम्प्युटर प्रणालीले रद्ध गर्ने भन्दै कार्यालयले काठमाडौंमा भौतिकरूपमा उपस्थित हुन नसक्नेले टोकन लिएर ठाउँ नओगट्न आग्रह गरेकोे छ ।

त्यसैगरी कार्यालयले श्रम गन्तव्यमा उड्नु भन्दा ९० दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकोले श्रम स्वीकृतिको एकिन गरेर मात्र जहाजको टिकट लिनुपनि सुझाव दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!