आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता

Posted on: 05 Oct, 2021

असोज १९ , काठमाडौं। आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नागरिक पेन्सन योजनामा सहभागी गराउने सम्झौता भएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल हस्ताक्षर गरे  ।

वैदेशिक रोजारीमा रहेकाहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको बताईएको छ । 

समझदारी अन्तरगत बैदेशिक रोजागारीमा गएकाहरूले रकम जम्मा गरि सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी सक्ने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!