अष्ट्रेलिया पठाउने नाममा ठग्ने निरौला पक्राउ

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौं । वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुतलीसडकमा रहेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेका मोरङ विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो ।

निरौलाले अष्ट्रेलियामा रोजगारी सहित ‘सेटल’ गरिदिने भन्दै १२ लाख रूपैयाँ लिएको उजुरीका आधारमा मंगलबार काठमाडौँको नयाँ बानेश्वरबाट उनलाई पक्राउ गरिएको बताएको छ । 

निरौलालाई जिल्ला अदालत काठमाडौंबाट थुनामा राखी आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको बताइएको छ । निरौलाले सञ्चालन गरेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन हाल बन्द रहेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!