आज नेपालीहरुलाई इजरायल रोजगारमा लान लाइभ चिट्ठा खोलिदै

Posted on: 11 Oct, 2021

असोज २५, काठमाडौँ | इजरायल केयरगिभर कामका लागि जान भाषा परीक्षा तथा अन्तर्वार्ता पास गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आज (सोमबार) १२:३० बजेपछि सार्वजनिक गरिदैछ । 

इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा चिट्ठामार्फत श्रमिकको छनोट लाइभ गरिने वैदेशिक रोजगार बिभाग स्रोतले साझा सबाल मिडियालाई जानकारी दिएको छ । यसै कार्यक्रमको लागि ११:३० बजे काठमाडौँ स्थित इजरायली दुतावासले समेत नेपालका सम्बन्धित निकायका अधिकारीहरुलाई निमन्त्रणा गरेको छ । 

कम्प्युटर प्रणालीबाट हुने चिट्ठा छनौट अन्तर्गतको कार्यक्रम लाइभ गरिने जानकारी प्राप्त भएको छ । भाषा परीक्षण तथा अन्तर्वार्ता उत्तीर्ण भएर इजरायलमा नाम पठाइएका मध्ये एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट हुनेछन् । जसलाई फेसबुकबाट समेत प्रत्यक्ष हेर्न सकिनेछ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।


यसरी रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान करिब एक लाख ६५ हजार ७०० रुपियाँसम्म खर्च लाग्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!