आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

Posted on: 25 Oct, 2021

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् । 

श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने 'आबुधाबी डाइलग' को यस पटकको कार्यक्रम दुबईको अल हप्तुर प्यालेसमा हुँदैछ । 'आबुधाबी डाइलग' मा बिभिन्न १६ देशका श्रममन्त्री सहित बिभिन्न ४ मुलुकका पर्यवेक्षक तथा सरकारी/गैरसरकारी निकायका पर्यवेक्षेक समेत हुन्छन् ।  'आबु नेपालले नेपाली श्रमिकको हक-हितको विषयमा कुरा उठान गर्ने तथा त्यससम्बन्धि संवाद हुने श्रम मन्त्रालयले जनाएको छ । 

आगामी कात्तिक १२ गतेसम्म हुने कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल यूएई पुगेका छन् । युएई पुगेका मन्त्री श्रेष्ठले यूएई रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्ने तथा जेल भ्रमण पनि गर्ने सम्भावना छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!