बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर

Posted on: 14 Feb, 2018

फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ ।


मंगलबार साँझ करिब पौने ८ बजेतिर परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।

तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् । सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!