Govt to focus environment conservation: Forest Minister Basnet

Posted on: 19 May, 2018

Kathmandu, May 19 (RSS): Minister for Forest and Environment, Shakti Bahadur Basnet, on Saturday said the government would develop proper infrastructure for environment conservation. 

Priority and needs would be coordinated for the infrastructure development aligning country's priority, he said at a programme organised in the Capital on the occasion of the 25th Establishment Day of World Wildlife Fund (WWF), Nepal. 

He also suggested launching various programmes for the conservation and protection of wild animals. 

Likewise, Director for the WWF, Nepal Dr Ghan Gurung pointed out the need for wildlife conservation to contribute to sustainable development and tourism promotion in the country. 

On the occasion, Nepal Army was presented with 'Nature Conservation Silver Jubilee Award' in recognition of its contributions to the conservation of nature and wildlife. A documentary on wildlife conservation was also screened on the occasion. 

Individuals and various governmental, non-governmental and international organisations, were honoured for their role in the conservation of wildlife and biodiversity. Likewise, Army Battalions stationed in the national parks across the country were also honoured for their contribution to materialize 'Zero Poaching Year' from 2011 to 2018. 

वन्यजन्तु संरक्षणमा प्रेरित गर्न लक्षित कार्यक्रम गर्नुस्ः मन्त्री बस्नेत

जेठ ५ काठमाडौँ | वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वाधार निर्माण र वातावरण संरक्षणको समूचित व्यवस्थापन गरेर अघि बढ्ने बताउनुभएको छ । 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालको २५ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले पूर्वाधार निर्माण मुलुकको अहिलेको पहिलो कार्यसूची भएको हुँदा प्राथमिकता र आवश्यकतालाई तालमेल मिलाएर काम गरिनेछ भन्नुभयो । 

मन्त्री बस्नेतले भन्नुभयो, “मध्यवर्ती क्षेत्रका नागरिकलाई वन्यजन्तु समस्या होइन, बरु आफ्ना अरु समस्या समाधानको सहयोगी माध्यम हुन्छ भन्ने व्यावहारिकरुपमा महसुस गराउन आवश्यक छ ।” 

प्रकृति र जैविक विविधताको संरक्षण त्यति बेला हुन्छ जति बेला स्थानीयले वन्यजन्तु हाम्रा बाधक होइनन् भन्ने बुझ्नेछन् भन्दै उहाँले उनीहरुका लागि वन्यजन्तु संरक्षण गर्न प्रेरित गर्ने लक्षित कार्यक्रम सञ्चालनतर्फ ध्यान पु¥याउन सुझाव दिनुभयो । 

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक डा घन गुरुङले मुलुकको दीगो विकास र पर्यटन प्रवद्र्धनमा वन्यजन्तु संरक्षणको निकै ठूलो योगदान रहने विश्वास दिलाउनुभयो । 

विश्व वन्यजन्तु विकास कोषका लागि अमेरिकाले व्यवस्थापन गरेको कार्यक्रमका उपाध्यक्ष रोवर्टो ट्रोयाले वन्यजन्तु संरक्षणमा स्थानीय जनतालाई सहभागी गराउन नेपालले अघि सारेको कार्यक्रम उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा नेपाली सेनालाई प्रकृति र वन्यजन्तु संरक्षणमा पु¥याएको योगदानको कदरस्वरुप ‘प्रकृति संरक्षण रजत महोत्सव’ सम्मान प्रदान गरियो । सो अवसरमा जनसंख्या र भूगोलको हिसाबले नेपाल मझौला मुलुक भएपनि लोपोन्मुख वन्यजन्तु संरक्षण र जैविक विविधताका हिसाबले विश्वमै धनी रहेको तथा वन्यजन्तु संरक्षणमा हासिल गरेको प्रगतिको योगदान झल्कने वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

समारोहमा नेपालमा वन्यजन्तु संरक्षण र जैविक विविधता संरक्षणमा विशिष्ट योगदान पु¥याउने सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ संस्था र व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरियो । 

स्न २०११ देखि २०१८ को अवधिमा नेपालमा गैँडाको शून्य चोरी शिकार कायम गर्न सफल भएको भनी नेपाली सेनाका सम्बन्धित निकुन्जमा तैनाथ गणलाई पुरस्कृत गरियो । 

समारोहमा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा निधन भएका प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान दिएका व्यक्तिको स्मृतिका लागि स्थापित प्रकृति संरक्षण पुरस्कार विभिन्न छात्रछात्रालाई प्रदान गरियो । 

नेपालमा विश्व वन्यजन्तु कोषले ५० वर्षदेखि काम गरेपनि कार्यालय स्थापना गरेर काम गरेको २५ वर्ष मात्र पुगेको छ । कोषका कार्यक्रम १०० भन्दाबढी मुलुकमा सञ्चालनमा रहेका छन् । ९श्रव्य सामग्री उपलब्ध छ० 

यस बिषयमा तपाइको प्रतिक्रिया...!