मानब बेचबिखन सम्बन्धी तिज गित प्रतियोगिता सम्पन्न

Posted on: 02 Aug, 2016

साउन १८, कास्की | मानब बेचबिखन दिवसको अबसर पारेर शिबालय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मंगलबार पुरुन्चौर २ ठाँटीमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

मानव बेचबिखन सम्बन्धी तिज गित प्रतियोगितामा जनजागृति आमा समुह प्रथम ,सम्झना आमा समुह द्धितिय ,विन्ध्येश्वरी मा.वि.तृतिय भएका छन । प्रतियोगितामा  प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश पाँच हजार,तिन हजार र दुई हजार तथा प्रमाण पत्र पाएका छन् । प्रतियोगिताको पुरस्कार वितरण गर्दै प्रमुख अतिथि कारीतास नेपाल पोखरा शाखा प्रमुख शोभा आचार्य ले पछिल्लो समय मानब बेचबिखनमा आफन्तहरुबाट चेलीहरु बेचिएका पाइएकोले सबै सजग हुनुपर्ने बताइन् । रोजगारी दिने बाहानामा चेलीहरुलाई फकाइ फुलाइ लैजाने गरेको जानाकारी दिदै उनले मानब बेचबिखन रोक्नको लागि सबै आमा समुहहरु सक्रिय हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पुरुन्चौर गाविसका गाविस सचिव हरिप्रसाद अधिकारी ले मानब बेचबिखन रोक्नको लागि सबै मिलेर अगाडि बढ्न सकेमा केहि कमि आउने बताए ।

शिबालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम कुमारी ढुंगानाको अध्यक्ष्यतामा भएको कार्यक्रमको आर्थिक सहयोग कारीतास नेपालले गरेको थियो भने कार्यक्रममा बिकाश गौतम,विन्ध्येश्वरी युवा क्लवका अध्यक्ष बिकाश आचार्य, तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख दयाराम दाहाल लगायत ले मानब बेचबिखन सम्बन्धी आ आफ्ना धारणा राखेका थिए ।  प्रतियोगितामा सात टिमको सहभागिता रहेको स्थानिय चिरन्जिवि आचार्यले जानाकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!