पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो (मूल्यसुची सहित)

Posted on: 02 Aug, 2016

साउन १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मटि्टतेल र एलपीजी ग्यासको मूल्य घटाएको हो ।

अब नयाँ मूल्यअनुसार निम्न मूल्यमा पाउन सकिन्छ:

पेट्रोल: प्रतिलिटर ९७ रुपैयाँमा (यसअघि रु.९९/- प्रति लिटर) 
डिजेल र मटि्टतेल: प्रतिलिटर ७३ रुपैयाँ (यसअघि प्रतिलिटर रु. ७५/-)
एलपीजी ग्यास: प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ (यसअघि रु. १४००/- प्रतिसिलिन्डर) 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!