अनुसन्धानको म्याद थप गर्न पत्रकार सम्मेलन

Posted on: 05 Aug, 2016

भाष्कर के.सी | साउन २१, कञ्चनपुर | विहीबार रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर गरिएको पश्चिमी नाका गड्डाचौकी स्थित नेपाल–भारत सिमा पिलर नं.७ को बन्द, शुक्रबार पत्रकार सम्मेलन गर्ने भने पछि  खुलेको थियो ।

सोहीक्रममा आज पत्रकार सम्मेलन गरी अझै केही दिन अनुसन्धान गर्ने जानकारी प्रहरी प्रर्वता प्रहरी नायब उपरीक्षक नैन सिहं कार्कीले बताउनु भयो । घटनाको विवरण प्रस्तुत गर्दै  अझैं अनुसन्धान चलिरहेकोले  पिडित परिवार, महिला अधिकारकर्मी, पत्रकार र आम कञ्चनपुरबासीहरुमा सकारात्मक सहयोग गर्न अनुरोध गरेको छ । 

अनुसन्धानका लागि म्याद थप भई हिरासतमा राखिएका विन्दास होटलका सञ्चालक वर्ष ३९ का ज्ञानेन्द्र बहादुर चन्द, उनकै सहोदर भाई सुवास बहादुर चन्द र वर्ष ३५ को पदम सिंह धामीलाई घटनको बारेमा सोधपुछ चलिरहेको प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले बताउनु भयो ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!