नेपालले दियो नेदरल्याण्डसामु ९५ रनको झिनो लक्ष्य

Posted on: 13 Aug, 2016

साउन २९, काठमाडौं । आइसीसी विश्व लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले घरेलु टोली नेदरल्याण्डसामु ९५  रनको झिनो लक्ष्य दिएको छ ।

नेपाल ३८.१ ओभरमा ९४ रन ल्याएर अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर अनिल मण्डलले २०, शरद भेस्वाकरले १४ तथा सोमपाल कामीले १२ रनको योगदान दिए ।  यसअघि कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!