पाँच मन्त्रीसहित यी हुन् माओवादीका थप चार राज्यमन्त्री

Posted on: 14 Aug, 2016

साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । साथै माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ ।

आइतबार माओवादीका जनार्दन शर्मा (प्रभाकर), हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक मन्त्रीका रुपमा थपिँदैछन् । प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै माओवादीले छानेको राज्यमन्त्रीहरुमा श्रीप्रसाद जेवेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।

जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइने बुझिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!