रसुवामा खोलाले बगाएर दुईको मृत्यु

Posted on: 15 Aug, 2016

साउन ३१, रसुवा । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भई बग्ने अँधेरीखोलाले बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरीप्रमुख तथा प्रहरी नायब उपरीक्षक ठइन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र ४१ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरु श्रीमान् श्रीमती भएको बताइएको छ । 

दुवैजना आफन्तकहाँबाट घर फर्कंदै गर्दा वर्षाका कारण ठाडोखोलामा भल आई बगाइलगेको अनुमान गरिएको छ । स्थानीय बासिन्दाको सहयोगमा निकालिएको शव परीक्षणका लागि आज नुवाकोटको त्रिशूली अस्पतालमा पठाइएको प्रहरी प्रमुख प्रसाईंले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!