अचम्मको गाउँ, जहाँ छोरी जन्मिसकेपछि आफसेआफ छोरा बन्छन्

Posted on: 19 Aug, 2016

एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुरा हैन । तर बास्तबिकता हो यो । 

डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्ष पछि आफै छोरा बन्छन् । यो कुनै चटकी वा जादुको कुरा भने होइन । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षको हुँदा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्दछ ।

यो कुनै चमत्कार नभई एक किसिमको आनुवंशिक रोगका कारण यस्तो भएको हो । वास्तवमा शिशुहरुमा गर्भमै छँदा यो रोगको सिकार बन्छन । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो छुट्ट्याउन गाह्रो हुन्छ ।

तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरको सुसुप्त यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाबुआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरुलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ ।

छोरी सोँचेर सानोमा जामा लगाइदिएका बच्चाहरु जब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगा देखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन थाल्दछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!