विराटनगर उपमहानगरपालिकाद्वारा घर–जग्गा कर वृद्धि गरेपछि ज्ञापनपत्र

Posted on: 23 Aug, 2016

भदौ ७, मोरङ | विराटनगर उपमहानगरपालिकाले एकलौटी ढंगले अप्रत्याशित रुपमा घर–जग्गा करमा वृद्धि गरेपछि आन्दोलित नगरवासीको आवाज समेट्दै नेकपा एमालेले त्यस निणर्यको विरोधमा आज उपमहानगरपालिकाका कार्र्यकारी अधिकृत गोपाल रेग्मी समक्ष ज्ञापन पत्र वुझाउने भएका छन् ।   

यसअघि नगरपालिकाले नगरवासीहरुको हुने गरी गरेको अवैज्ञानिक तथा अत्यधिक कर वृद्धिसम्बन्धी निर्णय फिर्ता नलिए सशक्त कार्यक्रम गर्ने स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बताएका थिए ।

सोही अन्तर्गत उपमहानगरपालिकालाई  बुझाउदै  एमालेले  नगरपालिकाले बृद्धि गरेको शुल्क फिर्ता नलिए आन्दोलनका थप सघर्षका कार्यक्रम गरेर अन्त्यमा अवैज्ञानिक रुपमा घोषित कर बद्धिको निर्णय फिर्ता गराएर छाडने एमाले मोरङले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!