पुनर्निर्माणमा जुट्न नायक नायिकाले गरे यस्तो आग्रह (भिडियो सहित)

Posted on: 23 Sep, 2016


असोज, काठमाडौँ । नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । 

भर्खरै सिने क्षेत्रमा फर्किकी संचिताले जीवन लुईटेलसँग जोडी बाँधीएर पुनर्निर्माणका लागि उठ्न सबैसँग आग्रह गरेकी छिन् । डा. भीष्म कुमार भूसालको शब्द रहेको ”“अब उठ जाग” बोलको गीतमा अभिनय गर्दै उनीहरुले जनताको नामको रकम भ्रष्टाचार नहोस् भन्दै खबरदारी गरेका छन् । 


पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतलाई डा. भीष्म कुमार भूसालले लेखेका हुन् । उनको पुनर्निर्माण सम्बन्धी यो प्रण बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । पुनर्निर्माणमा युवाहरु जुटेर उठेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ । 


राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । 

सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको गीतको भिडियो यस्तो छ ।


संचिताले अभिनयमा फर्कने बित्तिकै जीवनसँग मिलेर गरीन्, यस्तो आग्रह र खबरदारी भिडियोमा हेनुहोस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!