भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

Posted on: 28 Sep, 2016

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द तथा संगीत रहेको गीतलाई अल्मोडा राना उप्रेतिले एरेन्ज गरेका हुन् । गीतमा सुनिल कटवाल र एन्जीला रेग्मीको स्वर छ । रोमान्टिक गीतको म्युजीक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् । हेर्नुहोस् बले र रक्षाको रोमान्स ।

भिडियो हेर्नुस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!