यूएईमा नियमित नेपाली फिल्म लाग्ने

Posted on: 16 Oct, 2016


असोज ३०, काठमाडौं | यूएईमा नियमित नेपाली फिल्मको प्रदर्शनी हुने भएको छ । दयाहाङ राई अभिनीत फिल्म ‘वीरविक्रम’ बाट हालै प्रदर्शनीको थालनी गरिएको छ ।

मिलन चाम्सको निर्माण र निर्देशन रहेको ‘वीरविक्रम’ युएईका विभिन्न नौ सहरमा एकसाथ प्रदर्शनी भएको हो । यूएईका सबै प्रान्तका ११ वटा सिनेमा हलहरूमा एकसाथ ‘वीरविक्रम’ प्रदर्शनी गरिएको हो । जसमा सिन्धगा मल्टिप्लेक्स बरदुबईमा फिल्म हाउसफुल भएको थियो । यसरी हाउसफुल अन्य विदेशी भाषी फिल्म विरलै हुने गरेको सिन्धगा मल्टिप्लेक्सका कर्मचारीले बताएका छन् ।

नेपाली फिल्म प्रदर्शनको शुभारम्भ गर्दै नेपाली दूतावास अबुधाबीका कार्यबाहक राजदूत नेत्र टन्डन, नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युटर्स नेपालका सालिक सुवेदीले नेपाली फिल्मलाई आगामी दिनका लागि बजार विस्तारीकरणको शुभकामना दिएका थिए । यूएईमा नेपाली फिल्म प्रदर्शनीको वातावरण कन्सेप्ट भिजनका सालिक सुवेदी लगायतको पहलमा भएको हो । प्रदर्शनीको अवसरमा वक्ताहरूले यूएईबाट नेपाली फिल्मको बजार अन्तर्राष्ट्रयीकरण भएको बताएका थिए ।

‘वीरविक्रम’ नेपालमा भने भदौ ३ मा रिलिज भएको थियो। कन्सेप्ट भिजनका राजन अधिकारीले दिएको जानकारी अनुसार अब यूएईमा नेपाली फिल्म नियमित रूपमा बिहीबार, शुक्रबार र शनिबार चल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!