म्यूजिक भिडियो मार्फत पर्दामा देखिईन बिन्दु (भिडियो सहित)

Posted on: 21 Oct, 2016


नरी बडु/कात्तिक ५, बैतडी । बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडको पञ्चेश्वर गाविस घर भएकि संञ्चारकर्मि बिन्दु चन्द म्यूजिक भिडियो मार्फत पहिलोपटक पर्दामा देखिएकि छिन् ।

लोक तथा दोहोरी गायक राजेन्द्र धनाडीको लोक दोहरी एल्बम् “मेरै दिलमा छौ” बाट उनले मोडलिङ यात्रामा प्रवेस गरेकि हुन् ।

प्रकास कलौनीको सहयोगमा अहिले उक्त गित बजारमा आईसकेको छ । भिमा पुन र राजेन्द्र धनाडीले स्वर भरेको उक्त गितमा बिन्दु चन्द, आरती कुवर र राज कुमार कलौनीले अभिनय गरेका छन् ।

हाँस्दै छौकी ए निस्टूरी रुदै पिरमा छौ, जिवन साथी अर्कैको भएनी बाचुन्जेल त मेरै दिलमा छौ भाका रहेको उक्त गितलाई माया गरी आवश्यक सल्लाह सुझा दिन समेत सबै श्रोता वर्गमा गायक धनाडीले आग्रह गरेका छन् ।

उक्त गितको म्यूजिक भिडियोलाई केएम मिडिया प्रालि धनगढीले बजार व्यवस्थापन गरेको हो ।

भिडियो हेर्न तल क्लि गर्नुहोस


यस बिषयमा तपाइको प्रतिक्रिया...!