अमेरिकामा नायक सुधाँशु जोशी र नायिका उषा पौडेलबीच विवाह

Posted on: 25 Nov, 2016


विजय थापा, वाशिंगटन डीसी । अमेरिकाको ठुलो पर्व कृतज्ञता दिवस (थांक्स गिभिंग )को दिन नेपाली चलचित्रका नायक सुधाँशु जोशी तथा नायिका उषा पौडेल बिच हिन्दु परम्परा अनुसार विधिवत रुपमा विवाह संपन्न भएको छ ।

उक्त उक्त बैबाहिक कार्यक्रममा अमेरिकामा विभिन्न राज्यहरुमा रहेका कलाकार, शुभ चिन्तक,आफन्तहरुलाई निमन्त्रणा गरिएको थियो l

अमेरिका केहि बर्ष अगाडी मात्र पुगेकी उषा पौडेल नेपाली चलचित्रकि अर्की नायिका ऋचा घिमिरे तथा नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरे साथमा पनि रहेकी थिइन् l घिमिरे जोडीले उक्त बिबाह सम्पन्न गर्न ठुलो सहयोग गरेको गरेको थियो l

बिबाह मेरिल्याण्ड राज्यको बाल्टिमोरको हिन्दु जैन मन्दिर बाट भएको थियो l 



तस्वीर सौजन्य–राजीव श्रेष्ठ/ ऋचा घिमिरे अमेरिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!