बान्तवाको 'मनको जलन' नामक गीति एल्बम बजारमा आउँदै

Posted on: 28 Nov, 2016

मङ्सिर १३, दुबई | बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका गीतकार स्टारहाङ बान्तवा 'जलन' को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप 'मनको जलन' नामक गीति एल्बम लिएर आउने भएका छन् ।

एल्बममा ५ वटा गीतहरु समाबेश गरिएका छन् । ५ वटै गीतमा राजा खड्काले संगीत भर्नुभएको छ भने नेपालकै बहु-चर्चित गायकहरु दीपक लिम्बु, प्रमोद खरेल, हेमन्त शर्मा, राज खड्का र गायिकाहरु मेलिना रार्इ र सुमिना लोले आवाज दिने भएका छन् । 

५ वटै गीतको म्युजिक भिडियो बनाउने योजना रहेको गीतकारले बताएका छन् । पहिलो म्युजिक भिडियो प्रमोद खरेलको स्वरमा रहेको 'मुटु झिकेर कसरी दिउँ तिम्रो खुशीको निम्ति' बोल रहेको गीतको म्युजिक भिडियो तयार भाईसकेको उनले बताए । उक्त भिडियोमा प्रबिण थापाको निर्देशन रहेको छ भने हरिनारायण चौधरीले क्यामेरा चलाएका छन् ।

मोडलिङमा मोडेल मन्जिता केसी रहेकी छिन् । मोडेल मन्जीतालाई साथ दिएका छन् मोडल बाबु मगरले । बाल कलाकारको भूमिकामा रियाज  भण्डारीलाई हामी देख्न सक्नेछौँ । अन्य दुई गीतहरु दिपक लिम्बुको स्वरमा रहेको 'मृगनयनी आँखा उनको हरिणको चाल' र मेलिना रार्इको स्वरमा रहेको 'सम्झेर तिमी आशुले मेरो भिज्दैछ सिरानी' बोलको गीतको पनि म्युजिक भिडियोको चाडै तयार हुने बताएका छन् । बाँकी दुई गीत हेमन्त शर्माको स्वरमा रहेको 'भोजपुरको सुन्तला मिठो ईलामको चिया' र राज खड्का र सुमिना लोको स्वरमा रहेको 'नक्कलीले कर्के नजर हानेर पो मार्‍यो' बोल रहेको गीतको म्युजिक भिडियो भने केही समय लाग्ने गीतकारले बताए ।

अहिले दुबाईमा भएपनि गितकारले छिटै नेपाल आएर एल्बम विमोचन गर्दैछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!