तरकारीवाली र मिडियावालाको अर्को फरक गीत (भिडियो)

Posted on: 29 Nov, 2016


मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरीदिएपछि त्यस तस्बिर निकै भाइरल बन्यो ।

यसैबिषयको बारेमा यतिखेर देश देखी बिदेशसम्म चर्चा भइरहेको छ । तरकारीवाली भनेर चिनिएकी कुसुम श्रेष्ठको चर्चा पनि निकै उचाईमा पुगिसकेको छ । यसैबिच बजारमा तरकारीवालीको बारेमा बिभिन्न गीतहरु बजारमा आइरहेका छन् ।  भर्खरैमात्र परेली फिल्मस् बाट तरकारीवालीको बिषयलाई समातेर एक गीत सार्वजनिक भएको छ । 

गायक बिनोद ढकाल र गायिका शान्तिश्री परियारको स्वरमा म त तरकारीवाली बोलको लोक तथा दोहोरी गीत बजारमा आएको हो ।  बिनोद ढकालले लेखेको शब्दमा तरकारीवाली र मिडियावालाको कुरा समेटिएको छ । यस गीतको भिडियो केहि समयमै बजारमा आउने परेली फिल्मस्का सञ्चालक मिलन कार्कीले जानकारी दिएका छन् । अहिले रेकर्डिंग रिपोर्टमात्र युट्युवमा राखिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!