प्रमिता र ज्योत्सनालाई विजयले भने ‘आइ लभ यु’(भिडियो हेर्नुस्)

Posted on: 02 Dec, 2016


मंसिर, काठमाडौं । गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । निक्कै समय लगाएर तयार गरिएको भनिएको गीत र भिडियोलाई हेरेर उपस्थित पत्रकार तथा संगीतकर्मीले तारिफ गरे ।

भिडियोको निर्देशन रोहन नेपालीले गरेका हुन् । भिडियोमा प्रमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन् ।गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ । संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!