रेसुङ्गा क्याम्पसमा भव्य गीत नृत्य

Posted on: 11 Dec, 2016

प्रेम सुनार, मंसिर–२६, गुल्मी । गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको ३४ औं वाािर्षकोत्सवको अवसरको पुर्व सन्ध्यामा आयोजित अतिरिक्त कृयाक्लव कार्यक्रम अन्तरगत आज त्यस क्याम्प प्राङ्गणमा भव्य गी एर्व नृत्य प्रतियोगिता सम्पन्न भएको छ । त्यस क्याम्पसको अतिरिक्त कृयाक्लाव विभागका संयोजक उपप्रध्यापक शिवलाल खनालका अनुसार विद्यार्थीहरुको प्रतिभा विकासका लागि गीत र नृत्य प्रतियोगिता गरिएको हो ।

वार्षिकोत्सव कार्यक्रमका क्रममा यस अघि सो क्याम्पसले गजल प्रतियोगिता पनि सम्पन्न गरी सकेको छ । गजल प्रतियोगितामा त्यस क्याम्पसका विद्यार्थी विक्रम पन्थी प्रथम भएका छन् ।

   रिमा कार्की र सुनिता कँडेल दृतिय भएका छन् । यमुना ज्ञवाली  तृतिय भएकी छिन् ।  सन्तवाना पुरष्कार मायाँ सुनारले हाता पारेकी छिन् । वक्तृत्व तर्फ सुर्य खनाल प्रथम भएका छन् । वन्दना रेग्मी  दृतिय भएकी छिन् । मायाँ सुनार र अमृता घिमिरे तृतिय भएकी छिन् । 

  यो समाचार तयार पार्ने बेला सम्म निर्णयाक मण्डलले विजेता घोषणा गरेको छैन् । कुल २८ टिम विच कडा प्रतिष्पर्धा चलेको निर्णयाक मण्डलको संयोजक  उपप्रध्यापक विष्णु कान्त पन्थीले जानकारी दिए ।  

  वार्षिकोत्सवको अवसरमा भलिवल , टेवुल टेनिस खेलकुद प्रतियोगिता र हाँजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिने भएको छ । आजको कार्यक्रममा क्याम्पस प्रमुख हरिबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

 सो क्याम्पस अतिरिक्त कृयाक्लाव  विभागका संयोजक  शिवलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रध्यापक खिमानन्द भण्डारीको सञ्चालन रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!